• माघ १९, २०७६
  • जुनकिरी खबर

बलात्कार आरोपित एसएसपी राणाले गरे आत्मसर्मपण

alt

बलत्कारको आरोप लागेका संघीय प्रहरी कार्यालय धरानका प्रमुख निलम्बित एसएसपी शौरभ राणाले आत्मसर्मपण गरेका छन्।  आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएर उनले आत्मसर्मपण गरेका हुन्। 

प्रहरीले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिए पश्चात राण आइतबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका हुन्।  राणा प्रहरी सम्पर्कमा आए पश्चात घटनाको अनुसन्धान गर्ने बाटो खुलेको छ। झापाकी एक महिलाले राणाले आफूलाई पटक–पटक बलत्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता गरेपछि गृहमन्त्रालयले राणालाई पदबाट निलम्बन गरेको थियो। 

निलम्बन परेपछि फरार रहेका राण आइतबार आफै जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएको डिएसपी विनोद शर्माले जानकारी दिए। राणालाई गृहमन्त्रालयले शुक्रबार पदबाट निलम्बन गरेको थियो।

आफै प्रहरी कार्यालयमा हाजिर भएका राणलाई अनुसन्धानका लागि अदालतमा उपस्थित गराई म्याद थप गरिने डिएसपी शर्माले बताए।

झापा विर्तामोड घर भएकी लिम्बु थरकी विवाहित महिलाले राणाविरुद्ध जबरजस्ती करणी ऐन अन्र्तगत मुद्दा दर्ता गरेकी हुन्। 

एसएसपी राणामाथि जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी हुँदादेखि नै जबरजस्ती गरेको आरोप छ। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]