• माघ २७, २०७६
  • जुनकिरी खबर

प्रदेश १ को संसद बैठक सोमबार पनि स्थगित

alt

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश १ को संसद बैठक सोमबार पनि स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पार्टी हेरेर मुद्दा चलाउने निर्णय गरेको विरोधमा कांग्रेस संसदले सोमबार पनि संसद अवरोध गरेको हो । सोमबारको बैठक २ मिनेट २६ सेकेण्ड मात्रै बसेको थियो ।

आइतबार कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभा बैठक अवरोध गर्ने निर्णय गरेसँगै आइतबारबाट नै कांग्रेस संसदले प्रदेश सभा अवरोध गर्दै आएका छन् । सोमबार सभामुख प्रदिप भण्डारीले बैठक सुरु भएको जानकारी गराउनासाथ कांग्रेस संसदले उभिएर विरोध जनाएका थिए । 

सभामुख भण्डारीले संसद अवरोधको विषयमा आइतबार कांग्रेस संसदीय दलका सचेतकलाई बोल्ने समय दिएको र सो जग्गा प्रकरणको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले कांग्रेस संसदलाई बस्न आग्रह गरेका थिए । 

‘यो विषय प्रदेश सभाले केही गर्न सक्दैन, जग्गा प्रकरणको विषय अदालतमा पुगेकाले बसेर सदन सुचारु हुने वातावरण मिलाउनुहोस,’ सभामुखले कांग्रेस संसदलाई आग्रह गर्दै भने । तर, कांग्रेस संसदले नबसी विरोध जनाएपछि बैठक २८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुखले घोषणा गरे । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]