• माघ २७, २०७६
  • जुनकिरी खबर

सुनसरीमा ८९ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने

alt

सुनसरीमा ८९ हजार ६ सय ७८ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा संचालन गर्न लागेका दारुरा रुबेला खोप अभियानबाट सो संख्यामा बालबालिका लाभान्वित हुने बताएको हो । फागुन १ गतेबाट संचालनमा ल्याइने खोप अभियानको प्रभावकारीतालाई ध्यानमा राखी कार्यालयले सरोकारावालाहरुसँग छलफल चलाउनु साथै सहकार्य समेत थालेको छ । जिल्ला खोप समन्वय समिति र सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा आज खोपको तयारी लगायतका बारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा स्वास्थ्य प्रमुख सागर प्रसाईले ९ महिना देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई लगाउने तयारी थालिएको खोप अभियानका बारेमा जानकारी गराउनु भएको छ ।

सुनसरीमा दुई चरणमा दारुदा रुबेलाको खोप अभियान संचालनमा ल्याउन लागिएको छ । पहिलो चरण अन्र्तगत फागुन १ गते देखि ९ गते सम्म सुनसरीको इनरुवा, धरान, दुहवी, देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंहमा अभियान संचालन गर्न लागिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]