• माघ २९, २०७६
  • जुनकिरी खबर

खोला नदीको दोहन गरिरहेको प्रति प्रदेश सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

alt

जिल्लामा मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगहरुले डर लाग्दो किसिमले खोला नदीको दोहन गरिरहेको प्रति प्रदेश सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा बैठकमा बुधबार बोल्दै सांसदहरुले प्रदेश सरकारले ल्याएको प्रदेश वातावरण संरक्षणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा खोला नदीमा भइरहेको डर लाग्दो दोहन रोक्ने व्यवस्था गर्न माग गरेका हुन्।

सत्तारुढ दलका सांसद एवं प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवा लिम्बूले राजमार्ग, खोला किनारबाट ५ सय मिटर टाढा, हाइटेन्सन लाइनको पोल, शिक्षण र धार्मिक संस्था, पुरातात्विक र सांस्कृतिक महत्वको स्थानबाट टाढा र सुरक्षा निकाय, घना बस्ती, वन्यजन्तु आरक्षणबाट दुई किलोमिटर टाढा क्रेसर राख्ने मापदण्ड विपरीत मोरङमा क्रसर उद्योग संचालनमा रहेको बताए।


‘लेटाङ नगरपालिकास्थित चिसाङ नदी र केराबारी गाउँपालिकास्थित खदम र गछिया खोलाको अनुगमन गर्ने क्रममा नदीजन्य पदार्थसँगै माटोमुनीको ढुंगा समेत निकालेर उत्खनन् गरी पोखराको सेती नदीभन्दा गहिरो बनाइएको छ,’ उनले भने,‘बहाव अवरोध नराखिकन सोलोडोलो रुपमा माथिदेखि तलसम्म नदी उत्खनन गरिएकाले खोलामा बाढी आउँदा नदीजन्य पदार्थ थिग्रिने अवस्थासमेत छैन।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]