• फागुन २, २०७६
  • जुनकिरी खबर

प्रदेश १ सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस भव्य बनाउने

alt

७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेश १ सरकारले भव्यरुपमा मनाउने निर्णय गरेको छ। राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेश मूल समारोह समितिको शुक्रबार बसेको बैठकले नागरिकसम्म पुगेर दिवस मनाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। 

प्रदेश मूल समारोह समितिका अध्यक्ष तथा मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा बसेको बैठकले दिवस सम्पन्न गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सचिव संयोजक रहने गरी समारोह व्यवस्थापन उपसमिति बनाएको छ भने विभिन्न उप–समिति पनि निर्माण गरेको छ। 

फागुन ६ गते प्रदेशभित्रका सबै सरकारी कार्यालयले आ–आफ्नो कार्यालय परिसरमा सरसफाइ गर्ने, फागनु ७ गते बिहान ७ बजे रोडशेष चोकमा भेलाभई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गर्ने र मूलसमारोहमा परिणत हुने तथा फागुन ८ गते सामाजिक विकास मन्त्रालयले सबै जिल्ला अस्पतालका बिरामी, वृद्धाश्रम, अनाथालयमा फलफूल वितरण गर्ने र तीनै दिन साँझ दिपावली गर्ने निर्णय भएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]