• फागुन ७, २०७६
  • जुनकिरी खबर

प्रदेश राजधानीको संरचना बृहत् विराट विकास क्षेत्रभित्र राख्न सरकारलाई दबाब

alt

प्रदेशसभा सदस्यहरूले प्रदेश राजधानीको संरचना बृहत् विराट विकास क्षेत्रभित्र राख्न सरकारलाई दबाब दिन थालेका छन् । चालु हिउँदे अधिवेशनमा उनीहरूले यस्तो माग गरेका हुन् ।

प्रतिपक्षी दल संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता विष्णु तुम्बाहाम्फेले पूर्वसहमति अनुसार प्रदेश सरकारले बृहत् विराट विकास क्षेत्रभित्र राजधानीको स्थायी संरचना निर्माण नगरे धर्ना बस्ने चेताबनी दिइन् । प्रदेशसभामा मंगलबार उनले प्रदेशसभा भवन सुन्दरहरैंचानजिक राख्ने सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन् । प्रदेश राजधानी तोकेको ११ महिना बितिसक्दा पनि सरकारले संरचना निर्माणमा चासो नदेखाएको उनले आरोप लगाइन् ।


प्रदेश सांसद सर्वध्वज साँवा लिम्बूले पनि प्रदेश राजधानीको संरचना बृहत् विराट क्षेत्रभित्र राख्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनले इटहरीमा प्रदेशसभा राख्न माग गरेका थिए । माघ २३ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनमा प्रत्येक दिन सांसदले प्रदेश राजधानीको संरचना निर्माणको विषय उठाउँदै आएका छन् । प्रदेशसभा भवन निर्माणका लागि सरकारले बजेटसमेत विनियोजन गरेको छ । तर विराटनगरमा जग्गा अभावले कुनै प्रक्रिया अघि बढाउन नसकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]