• फागुन ९, २०७६
  • जुनकिरी खबर

पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव सुरु

alt

पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव सुरु भएको छ। प्रदेश-१ का सभामुख प्रदिपकुमार भण्डारीले शुक्रबार उद्घाटन गरेको महोत्सव फागुन १३ गतेसम्म चल्नेछ।

पहिलो दिन फुङलिङको तोक्मेडाँडाबाट हाङ्देवास्थित चण्डेश्वर धामसम्म कलशयात्रा गरिएको थियो। भिमकाली गुल्मको प्राङ्गणमा कविता वाचनलगायत साँस्कृतिक कार्यक्रम भइरहेको छ। शनिबार अन्तर पालिका मेयरकप भलिबल, हेलिकप्टरबाट पाथीभरा, कञ्चनजंघालगायतका पर्यटकिय स्थलहरुको अवलोकन, प्याराग्लाइडिङ सुरु हुनेछ।

फागुन १३ गते फुङलिङबाट पाथिभरा मन्दिरसम्म म्याराथनको आयोजना गरिएको प्रचार संयोजक खगेन्द्र अधिकारीले बताए। महोत्सवले पूर्वका ताप्लेजुङसहित पाँथचर, इलाम र झापाका पर्यटकिय स्लथहरुको करिडोर बनाउने गरि प्रचारको लक्ष्य राखेको आयोजकसहितका अध्यक्ष तारानाथ घिमिरेले बताए।

फुङलिङवासीले नगर तथा बजार क्षेत्र बेहुलीझैं सिंगारेका छन्। प्रत्येक घरअघि घडा सजाइएका छन्। ध्वजापातका र आकर्षक गेटले बजार रंगिन बनेको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]