• असार २२, २०७६
  • जुनकिरी खबर

वन अतिक्रमण रोक्न नसक्दा वन क्षेत्र घटदै

alt

विभिन्न वहानमा हुने वन अतिक्रमण रोक्न नसक्दा वन क्षेत्र घटदै गएको छ । स्थानीय तहले विकास, अन्य सरकारी निकाय, सुरक्षा र व्यक्तिले विभिन्न प्रयोजनका लागि भन्दै अतिक्रमण गरिरहँदा वन क्षेत्र घटदै गएको हो ।

संक्रमणकाल व्यवस्थापन हुन नसक्दा र त्यसपछि मुलुकको राजनीतिक अस्थिरताका कारण उदयपुरमा १० हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण भइसकेको थियो । त्यसपछि स्थानीय तहको निर्वाचनसँगै सडक, बिजुली, खानेपानी, विद्यालय, प्रहरी चौकी निर्माण प्रयोजनका नाममा वन अतिक्रमणको चपेटामा परेको छ । त्यसैले अहिले वन क्षेत्र घटदै गएको हो ।


मुलुकमा पटक(पटक राजनीतिक अस्थितरताले वन ठूलो अतिक्रमणको चपेटामा परेको हो । अहिले स्थानीय तहले सडक विस्तारका नाममा अतिक्रमण गरेका छन । वातावरणीय असर प्रभाव मूल्यांकन विनै वन क्षेत्रमा जथाभावी सडक खनिँदा हजारौं हेक्टर वन मासिएको छ । संरक्षणभन्दा बढी उपयोग गर्ने प्रवृत्तिका कारण वन जंगलमा समस्या सृजना भएको छ । सर्वसारधणले आर्थिक उर्पाजनको माध्यम बनाउँदा वन मासिने क्रम छढ्दैछ । त्यसैमा स्थानीय तहले विकासका नाममा वन क्षेत्रमा भौतिक संरचना बनाउँदा वन क्षेत्र घटदै गएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]