• फागुन १०, २०७६
  • जुनकिरी खबर

सवारी दुर्घटनामा ज्यान गएपछि इटहरीबासी शोकमा

alt

तीर्थयात्रामा गएका १० जनाको भारतमा भएको सडक दुर्घटनामा ज्यान गएपछि इटहरी शोकाकुल वनेको छ । इटहरीवाट तीर्थयात्रा गएका वेला ज्यान गुमाएकाहरुको घर पुगेर इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ । इटहरी वडा नम्वर १३ का वडाध्यक्ष शिव नारायण चौधरीका साथमा मृतकको घर घर पुगेर उपमेयर उपमेयर गौतमले सिङ्गगो इटहरीनै शोकमा रहेको जनाउदै धैर्यधारण गर्न परिवारजनलाई आग्रह गर्नुभएको हो । शोकाकुल परिवारजनले आफन्तहरुको शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन ।

उपमेयर गौतमले उपमहानगरको तर्फवाट परराष्ट मन्त्रालय सँग आग्रह गरिएको जानकारी दिनुभयो । भारत स्थित नेपाली दुतावास वाट एक जना प्रतिनिधि घटनास्थल तर्फ गइसक्नुभएको परराष्ट मन्त्रालयले जानकारी गराएको उहाँले परिवारजनलाई सुनाउनुभयो । इटहरीको वडा नम्वर १० वाट मात्रै ६जनाको ज्यान गएको छ । ज्यान गुमाउने १० जना मध्ये अरु इटहरी ११,१२ र दुहवीका छन । तीर्थयात्रा गएकाहरू सवार बस अस्ति बिहानै सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा दुर्घटना हुँदा छ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा परी घाइते भएका १४ जनाको सरकारी मोहन कुमारामंगलम मेडिकल कलेजमा उपचार भइरहेको वताइएको छ ।

स्थानीय प्रहरीका अनुसार सुनसरीवाट तीर्थयात्रामा गएको एउटा समूह कन्याकुमारीमा प्रार्थनापछि बैंगलोर गइरहेको थियो। उनीहरु सवार वस सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा नरिपलममा रहेको एउटा मन्दिरमा विश्राम गर्ने योजनासहित सडकमा मोडिन खोज्दा अर्को बसमा ठोक्किएको हो । उनीहरू गत माघ २३ गते ३५ दिनको यात्रामा निस्किएका थिए । तीर्थयात्रामा खनार,इटहरी र दमकका यात्रुहरु रहेको वुझिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]