• फागुन १५, २०७६
  • जुनकिरी खबर

अब पुर्वाञ्चल विश्वविद्यालयको सबै काम गोठगाउँबाट

alt

पुर्वाञ्चल विश्वविद्यालयको कार्यालय मोरंगको सुन्दरहरैंचास्थित गोठगाउँ सर्ने पक्का भएको छ ।

विश्वविद्यालयको कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पास भएपछि विश्वविद्यालयको प्रशासनीक काम अब गोठगाउँबाटै हुने पक्कापक्की भएको हो ।

सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि छलफल गरियोस् भनि प्रस्तुत गरेको विधेयक पारित भएको हो ।

गोठगाउँमा पर्याप्त पुर्वाधार भएर पनि लामो समयदेखि विश्वविद्यालयको प्रशासनीक काम विराटनगरबाट सञ्चालन भइरहेको थियो । गोठगाउँबाटै सबै काम हुनुपर्ने माग गर्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए ।

गोठगाउँबाटै प्रशासनीक काम सञ्चालन हुने भएपछि स्थानीय खुसी भएका छन् । खुसीयालीमा विश्वविद्यालय परिसरमा बुधबार साँझ दिपावली गरिएको छ । सुन्दरहरैंचाका मेयर शिव ढकाल, उपप्रमुख धना तामाङ, नेकपा सुन्दरहैंचाका अध्यक्ष केदार गुरागाई, कोशीहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईंलगायत राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणहरुको सहभागिता थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]