• फागुन १७, २०७६
  • जुनकिरी खबर

प्रेस संगठन प्रदेश १ को सपथ ग्रहण सम्पन्न

alt

इटहरी । प्रेस संगठन नेपाल प्रदेश एकको प्रथम भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपासंग आवद्ध पत्रकारहरुको संगठन पे्रस संगठनले पहिलो पटक प्रदेशस्तरिय भेला गर्दै सपथ कार्यक्रमको आयोजना गरेको हो । पत्रकारको हकहित, स्वतन्तत्रा लगायतको बिषयमा गम्भिर बन्नु पर्ने, सत्यतथ्यमा आधारित रहेर पत्रकारकारीता गर्न पाउने सरकारले वातावरणको सिर्जना गर्नु पर्ने लगायतको बिषयमा पनि छलफल भएको थियो ।
 
प्रदेश एक भरि १४ वटा जिल्लामा रहेका बिभिन्न सञ्चार माध्यममा आवद्ध भएका पत्रकारहरुका प्रेस संगठनको प्रदेश कार्यकमिटि समेत गठन गरेर सपथग्रहण गरिएको प्रदेश कमिटिमा रहेका भोटराज राईले बताए ।
 
कार्यक्रमका प्रमुख अतिथि तथा रक्षामन्त्री इश्वर पोख्रेलले कार्यक्रमलाई सम्बोधन गर्दै पेशा दक्षता हुनु पर्ने बताए । पेशाको बिषयमा दक्षता नहुदा समस्या हुने बताए । त्सैले सबैले आफ्नो पेशाको दक्षता राख्नु पर्ने बताएका हुन् । कार्यक्रममा प्रेस संगठन नेपालका प्रदेश संयोजक राजन केडिको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, कानुनमन्त्री हिक्मत कार्की र प्रदेश सांसदहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]