• फागुन १८, २०७६
  • जुनकिरी खबर

१ नम्बर प्रदेशकाे लगानी सम्मेलन बैशाखमा, २६ परियोजना तयार

alt

आगामी बैशाखमा प्रदेश १ सरकारले लगानी सम्मेलन गर्ने भएको छ ।

प्रदेशको विकासमा स्वदेशी तथा निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, २०७६ बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन आयोजना बैंक तयार गरी पहिलो चरणमा सूचीकृत २६ परियोजनालाई समावेश गरेर २०७७ वैशाखमा लगानी सम्मेलन गर्ने भएको हो ।

प्रदेशको तीव्र र व्यवस्थित आर्थिक विकासका लागि प्रदेश योजना आयोग र प्रदेश लगानी बोर्ड गठन भएको छ ।

सरकारले ७४५ दिनमा प्रादेशिक सडक सञ्जालको दशवर्षे गुरुयोजना बनाई सार्वजनिक गरिसकेको छ । साना सिँचाइ, शहरी विकास, पर्यटन विकासलगायत गुरुयोजनाले अन्तिम रुप लिन लागेको छ । प्रादेशिक निर्वाचन क्षेत्रमा सडक निर्माण भइरहेका छन् ।

प्रदेशमा नेपालका विकास साझेदार र निजी क्षेत्रका लगानीकर्ताको ध्यान आकृष्ट गर्न सरकार सफल भएको मुख्यमन्त्री शेरधन राईले बताए ।

“लगानीका दृष्टिले प्रदेश नं १ अनुकूल हो भन्ने सन्देश दिने कुरामा प्रदेश सरकार सफल भएको छ ”, उनले भने‘ सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण कडीका रुपमे पहिलो पटक एक अर्बको वैदेशिक अनुदान सहयोग लिन सफल हुनु र उक्त वैदेशिक अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गराउन सफल भयौं ।” उनले लगानी सम्मेलनबाट प्रदेश १ मा लगानी भित्रिने बताए ।

सोलुखुम्बुबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सरकारले जनताको इच्छा, आकाङ्क्षा र आवश्यकतालाई ध्यानमा राखेर विकासलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

सुनसरीबाट प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकार उद्घाटन र समारोहमा बढी सलग्न भएको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]