• फागुन १९, २०७६
  • जुनकिरी खबर

नेपाल भ्रमण वर्ष २०२० स्थगित

alt

चीनबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएर महामारीको रुप लिन थालेपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले जारी भ्रमण वर्ष २०२० का सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

चीनको वुहानबाट सुरु भएको मान्छेबाट मान्छेमा तीव्र गतिमा सर्ने कोरोना भाइरस (कोभिड(१९) विश्वका ४५ भन्दा धेरै मुलुकमा फैलिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले २० लाख पर्यटक ल्याउने गरी थालेको पर्यटन वर्ष २०२० स्थगित गरेको हो । जनवरी १ का दिन एक भव्य समारोहबीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भ्रमण वर्ष ठ्याक्कै २ महिनापछि स्थगित भएको हो । कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न सरकारले विशेष तयारी थाल्ने भएको छ ।

त्यसकै कारण सन् २०२२ मा आयोजना गर्ने गरी यो सालको भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन । चीनबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन थालेपछि सरकारले पहिलोपटक अन्तराष्ट्रिय समुदाय सहभागी गराएर गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ स्थगित गरेको छ । काठमाडौंको चन्द्रागिरिमा गर्ने भनिएको सगरमाथा संवाद स्थगित गर्ने निर्णय लिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]