आज (आइतबार) देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा एवं पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावनना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो काठमाडौंमा झन्डै ५ घण्टा लगातार वर्षा भएको थियो भने हिजोबाट नै मुलुकभर वर्षा हुने क्रम बढेको छ ।
आज पनि देशभर अधिकांश स्थानमा वर्षा हुने र वर्षा नभएको ठाँउमा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै भारतमा रहेको न्यून चापीय वर्षा गराउने प्रणाली नेपालतर्फ नजिकिँने क्रम बढेको छ । जसका कारण वर्षा हुन लागेको हो । मनसुन पुर्ण रुपमा सक्रियसमेत भएको छैन् । सोही कारण कहिले पानी पर्ने, कहिले बदली हुने र घाम लाग्ने क्रम अस्थिर रुपमा चलिरहेको महाशाखाले जनाएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved