• फागुन २२, २०७६
  • जुनकिरी खबर

भारतबाट १९ करोडको होली सामाग्री आयात हुन्छ बिराटनगरमा

alt

होलीमा प्रयोग हुने सामग्रीहरू विराटनगर भन्सारबाट यस वर्ष १८ करोड ५९ लाख मूल्य बराबरको आयात भएको छ ।

होलीमा प्रयोग हुन विभिन्न रंग, अबिर, केसरी, बेलुन, पिच्कारीलगायतका सामान उक्त मूल्य बराबरको आयात भएको हो ।

यस आर्थिक वर्षको माघ महिनासम्ममा सुख्खा रंग, अबिर, केसरी १६ करोड, ९५ लाख ३६ हजारको ६० लाख ३५ हजार केजी आयात भएको छ ।

त्यसैगरी होलीमा प्रयोग हुने बेलुन, लोलालगायतका सामानहरू ४२ लाख ९६ हजारको १२ हजार ९ सय ७२ किलो आयात भएको छ । त्यसैगरी प्लाष्टिकका फूलहरू ९८ लाख २८ हजारको ४७ हजार २ सय ४५ केजी अयात भएको छ ।

त्यसैगरी होलीमा पिच्कारी, माक्स जस्ता विभिन्न सामाग्री पछिल्लो समयमा प्रयोग बढ्दो छ ।

मनोरञ्जनका सामानहरू २२ लाख ७२ हजारको ३ लाख २८ हजार ७ सय किलो आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षको माघ महिनासम्म होलीमा प्रयोग हुने सामानहरू २१ करोड ६५ लाख मूल्य बराबरको आयात भएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]