• फागुन २९, २०७६
  • जुनकिरी खबर

प्रदेश १ सरकारले श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन बनाउने

alt

प्रदेश १ सरकारले कोभिड १९ को संक्रमणको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योजनाबद्ध तयारी थालेको छ । सरकारले सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीस्थित सैनिक ब्यारेक क्षेत्रमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले एकीकृत कार्ययोजना पारित गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मुख्यमन्त्री शेरधन राईले बताए।

‘कार्ययोजनामा सही सूचना सम्प्रेषणदेखि संक्रमितहरूको गोपनीयता राख्नेसम्मको योजना छ,’ उनले भने, ‘२३ बुँदे एकीकृत कार्ययोजना तत्काल कार्यान्वयन गर्दै कोभिड–१९ को संक्रमण फैलिन नदिन, फैलिहाले रोकथाम तथा उपचार र पुनःस्थापना गर्ने गरी काम अघि बढाएका छौं।’

कार्ययोजनामा व्यक्तिगत सरसफाइबारे सचेतना फैलाउने, अन्तर्राष्ट्रिय र प्रदेश नाकाका साथै भद्रपुर, विराटनगर र लुक्ला विमानस्थलमा स्क्रिनिङ डेस्क स्थापना गर्ने, आवश्यक जनशक्ति, व्यक्तिगत सुरक्षात्मकलगायतका उपकरणको प्रबन्ध गर्ने उल्लेख छ। शंकास्पद व्यक्तिलाई उक्त डेस्कबाट क्वारेन्टाइन वा आइसोलेसन वार्डसम्म पु‍र्‍याउन मेडिकल टोलीसहित २० वटा एम्बुलेन्सको व्यवस्था गरिएको कार्ययोजनामा उल्लेख छ।

प्रत्येक नाकामा ९ र विमानस्थलमा ६ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गर्ने, पर्याप्त औषधि, औजार र उपकरणको मापदण्ड बमोजिम स्टक, भण्डारण र ढुवानीको व्यवस्था गर्ने तथा नागरिकमा सचेतना अभिवृद्धि गरिने सरकारले जनाएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]