• फागुन २९, २०७६
  • जुनकिरी खबर

कोरोना भाइरसको संक्रमण हुन नदिन इटहरी उपमहानगरको तयारी यस्तो छ

alt

कोरोना भाइरसको संक्रमण हुन नदिन सुनसरीको इटहरीमा उच्च सर्तकता अपनाउदै सुचना हेल्प डेस्क स्थापना सहित सचेतनामुलक अभियान सुरु गरेको छ ।

विश्वका केही देशहरुमा कोरोना भाईरसको संक्रमण फैलिएपनि हाल सम्म नेपालमा भेटीएको पुष्टि नभएपनि उच्च सर्तकता अपनाउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले सचेतनामुलक अभियान थालेको हो ।

कोरोनाका कारण विश्व त्रसित वनिरहेको समयमा छिमेकी मुलुकहरुमा समेत संक्रमितहरु भेटी सकेको कारण उच्च सर्तकता अपनाउने उपमहानगरपालिकाले निर्णय गरी कोरोना रोकथाम तथा सचेतनाका लागि विभिन्न कार्यहरु थालनि गरिएको पत्रकार सम्मेलन गरि जानकारी गराइयो ।

उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले कोरोनाका विषयमा सुचना सामाग्री सहित इटहरी अस्पतालमा हेल्प डेस्क स्थापना गरिएको , नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा सुचनामुलक बोर्ड तथा ज्वरो नाप्ने थर्मोमिटर उपलव्ध गराउने , विद्यालयहरुमा सचेतना मुलक कक्षा सञ्चालन गर्ने , धेरै भिडभाड हुने कार्यक्रमहरु सभा सम्मेलन नगर्न अनुरोध गर्ने जस्ता कार्यक्रमहरु अघि सारिएको जानकारी दिइन । त्यसै गरी सार्वजनिक ठाउँहरुमा साबुन पानीले हात धुने कर्नर व्यवस्था मिलाउने लगायतका कार्य पहिलो चरणमा गरिने पनि उनले वताइन ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]