• फागुन २९, २०७६
  • जुनकिरी खबर

आलोचित न्यायाधीशको काज सरुवा

alt

महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने आदेश दिएका कारण आलोचित बनेका न्यायाधीशको काज सरुवा भएको छ ।

सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएका जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको गुल्मी जिल्ला अदालतमा काज सुरुवा भएको हो ।

उनको स्थानमा गुल्मीबाटै अर्जुन कोइराला सुनसरी सरुवा भएका छन् । सरुवा भएका न्यायाधीश कार्यालयमा हाजिर भइनसकेको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिए ।

९ माघको उच्च अदालतको आदेश पछि फरार भएका गिरी ४० दिनपछि एकसाता अघि जिल्ला अदालत सुनसरीमा हाजिर भएका थिए । हाजिर भएलगतै गिरीलाई उच्च अदालतको आदेश कार्यान्वयनका लागि थुनुवा पूर्जी थमाएर क्षेत्रिय कारागार झुम्कामा पठाएको थियो ।

९ माघमा उच्च अदालत विराटनगरमा मुद्दाको सुनुवाई भइरहेका बेला गिरी अंगरक्षकलाई विराटनगरको सीमावर्ती क्षेत्र रानीमा छाडेर भारत पसेका थिए । गिरी माथि ४ कात्तिकमा महिला अनुयायीलाई आफ्नै कोठासँगै रहेको बैठक कक्षमा बोलाएर करणी गरेको आरोप छ ।

काठमाडौं बस्दै आएकी महिला अनुयायीले उजुरी गरेपछि गिरी मंसिर दोस्रो साता पक्राउ परेका थिए ।

पक्राउ पछि गिरीले प्रहरीको हिरासतमा बस्नुपर्ने समय अवधि विराट नर्सिङहोमबाट नै कटाएका थिए । पक्राउ पर्नु अघि नर्सिङहोम भर्ना भएका गिरी जिल्ला अदालत सुनसरीको आदेशको १४ पुसमा तीन लाख धरौटी बुझाएर छुटेका थिए ।

जिल्लाको आदेश बेरितको भएको दाबी गर्दै सरकारी वकिलको कार्यालय र साधारण तारेख माग्दै गिरी पनि उच्च अदालत विराटनगरमा पुगेका थिए । उच्च अदालतले जिल्लाको आदेश बदर गरेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]