• चैत २, २०७६
  • जुनकिरी खबर

इटहरीको हक्राहा खोलामा पुलको शिलान्यास

alt

इटहरी । इटहरी १६ स्थित हक्राहा खोलामा निर्माण हुने पुलको शिल्यान्यास गरिएको छ । संघीय सांसद सिताराम मेहता र इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले संयुक्त रुपमा पुलको शिल्यान्यास गरिएको हो । सांसद विकास कोषको पचाँस लाख र अन्य इटहरी उपमहानगरको लगानी गरि कुल ८३ लाख ७२ हजारको लागतमा पुल निर्माण हुने इटहरी उपमहानगरका इन्जिनियर अरुण राजलवटले जानकारी दिए ।
पूल शिल्यान्यास कार्यक्रमलाई संसोधन गर्दै सुनसरी क्षेत्र नम्वर २ का संघीय सांसद सिताराम मेहताले हुलाकी मार्ग अन्र्तगत सो पूल निर्माण पछि यसक्षेत्रका जनता लाभान्वित हुने विश्वास ब्यक्त गरे । उनले इटहरीमा बाहिरी चक्रपथ निर्माणका लागि संसदमा आबाज उठाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै प्रमुख द्धारिकलाल चौधरीले इटहरीमा ४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि पहल भइरहेको जनाउदै संसदमा आवाज उठाउन संघीय सांसद मेहतासँग अनुरोध गरे । उनले बिकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने प्रष्ट पारे । चौधरीले वडा नम्वर १६,१७ र १८का सवै मुलबवाटोहरु अबको तीन वर्ष भित्रमा कालोपत्रे गरि सक्ने प्रतिवद्धता समेत जनाएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]