• चैत २, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा कोरोना भाइरस रोकथामको तयारी प्रति सत्तापक्षकै सांसद असन्तुष्ट

alt

एक नम्बर प्रदेशमा कोरोना भइरस संक्रमण हुन नदिन प्रदेश सरकारले गरेका कार्य अपुर्ण भएको सत्ता पक्षकै सांसदले आरोप लगाएका छन् ।

आइतबार बसेको प्रदेश १ संसद बैठकको विषेश समयमा बोल्दै सांसद गोपालचन्द्र बुढाथोकीले भाइरस संक्रमण रोक्न सीमानामा गरिएका तयारी अपुर्ण भएको बताए । रोकथामका लागि सरकारको प्रयास बोलमा सिमित भएको उनको गुनासो छ ।

पर्याप्त उपकरण र स्वास्थ्यकर्मी परिचालन नगर्नु, कोरोना संक्रमणको आशंका लागेका बिरामीलाई आईसोलेसन भएको स्थान सम्म पुर्याउन एम्बुलेन्स सहित चिकित्सकको व्यवस्था सीमा क्षेत्रमा नहुनु दुखत रहेको संसद बुढाथोकीको भनाई थियो ।

उनले सरकार समयमा सचेत नभए यसको गम्भिर असर देखापर्ने भन्दै सरकारलाई सचेत गराए ।

प्रदेश सभाको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य राजन राईले कोरोना भाइरस नियन्त्रणमा सरकारको प्रयास पयाप्त नभएको बताए ।

आइतबारको संसद बैठकमा हालसम्म बसेको बैठकको शुन्य समयमा उठेका प्रश्नको आथिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जवाफ समेत दिएका छन् ।

उनले प्रदेश १ सरकारले हाल गरेको बजेट खर्च उत्साहजनक रहेको बताए । उनले सरकारको लक्ष अनुरुप बजेट खर्च हुने दाबी समेत गरे ।

आइतबार बसेको बैठकको शुन्य समयमा बाेल्दै विष्णु तुम्बाहाम्फे पर्यटकिय तिनजुरे मिल्के जलजले क्षेत्र मास्न खोजिएको बताइन् ।

संसदको अर्को बैठक भोली सोमबार दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]