• चैत ३, २०७६
  • जुनकिरी खबर

कोरोना फैलन नदिन पूर्वीनाकामा ४० स्वयम्सेवक परिचालित

alt

पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ को सङ्क्रमण फैलन नदिन र जाँच व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले स्वयम्सेवक परिचालन गरेको छ ।

नगरभित्रका विभिन्न सङ्घसंस्थाका ४० प्रतिनिधिको टोलीले आजदेखि आलोपालो गरेर बिहान ६ देखि बेलुका १० बजेसम्म भीडभाड व्यवस्थापन गर्ने तथा अनावश्यकरुपमा भारततिर नजान अनुरोध गरेको छ ।

मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षतामा आइतबार नगरपालिकाले विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसहितको स्वयम्सेवक परिचालन समिति गठन गरेपछि उनीहरु आजदेखि सक्रिय भएर नाकामा काम गर्न थालेका हुन् ।

स्वयम्सेवकका रुपमा काम गर्नेलाई मेची उद्योग वाणिज्य सङ्घले पाँच इन्फोरेट थर्मा्मिटर (ज्वरो नाप्ने यन्त्र), एप्रोन, मास्क, टोपी र पञ्जाको व्यवस्था गरेको सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले बताए ।

उनका अनुसार दैनिक ४० जनाले चार टोली बनाएर दिनको चारचार घण्टा नाकामा बसेर स्वयम्सेवक काम गर्नेछन् ।

टोलीमा उद्योग वाणिज्य सङ्घ, माइती नेपाल, रोटरी क्लब, ट्राभल्स सङ्घ, जेसिज, होटल व्यवसायी सङ्घ, नेपाल रेडक्रस सोसाइटी, नाइटचेस क्लब, मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने सबै सङ्घसंस्थालगायत १६ रहेको उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]