• चैत ३, २०७६
  • जुनकिरी खबर

इटहरीको अपाङ्ग बालअस्पताल्रलाई सुबिधा सम्पन्न बनाउने प्रदेश सरकारको योजना

alt

प्रदेश १ का मुख्य मन्त्रि शेरधन राईले अपाङ्ग वाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको उद्घाटनको अवसरमा यस अपाङ्ग वाल अस्पताल तथा पुर्नस्थापना केन्द्रलाई प्रदेश एककै प्रमुख वनाउन आफु लागी पर्ने वताउनु भएको छ ।

सोमवार इटहरीमा आयोजित कार्यक्रममा प्रदेश एकका १८ वर्ष भन्दा मुनीका अपाङ्ग वालवालिकालाई लक्षित गरि केही स्थानीयहरुको अगुवाईमा निर्माण भएको अस्पताल तथा पुर्र्नस्थापना केन्द्र भवनको उद्घाटनको अवसरमा सो कुरा वताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्य मन्त्रि राईले अहिले देशमा कोरोनाको सन्त्रासले भेला तथा सभा गर्न अप्ठेरो भएको अवस्था रहेकोले यस्तो महत्वपूर्णकामको कोठामा सिमित रहेर कार्यक्रम गर्नु परेको वताउनु हँुदै सहज अवस्था भए यस कार्र्यक्रमको देशै भरी सन्देश जाने हिसावले गर्नु पर्ने वताउनु भयो ।

प्रदेशको केन्द्रको रुपमा रहेको यस इटहरीमा यस किसिमको महत्वपूर्ण काममा जुट्नु हुने सवैलाई धन्यवाद दिदै आफु खुसी भएको वताउनु भयो । प्रदेश सरकारले वालवालिका क्षेत्रमा करुणा फाउण्डेशन सग सहकार्य गरेर काम गरि रहेको वताउँदै यस संस्थालाई भौतिक तथा अन्य कार्य गर्नको लागी प्रस्वाव लिएर आउन संस्थाका पदाधिकारीहरुलाई आउन आग्रह गर्नु भयो ।

अपाङ्ग वाल अस्पताल तथा पुर्नस्थापना केन्द्र वनेपाको सहयोग प्राविधिक सहयोगमा संचालन हुने अस्पतालको केन्द्रका प्रा.डा. अशोककुुमार वास्कोटा तथा मुख्य मन्त्रि शेरधन राईले संयुक्तरुपमा शिलापत्र अनावरण गर्नु भएको थियो ।

कार्यक्रममा यस पुर्नस्थापना केन्द्रका डाक्टर विवेक वास्कोटाले अमेरिका तथा युरोपमा पाइने शारिरीक अपाङ्ग भएका वालवालिकालाई उपचार गर्ने प्रविधि हाम्रो केन्द्रमा कमि नभएको वताउनुु भयो । अन्य देशमा करोडौं पर्ने उपचार पद्धती हामी आफै सामाग्रीहरु उत्पादन गरी निशुल्क प्रदान गर्ने वताउनु भयो ।

अपाङ्ग वाल अस्पताल तथा पुर्नस्थापना केन्द्र इटहरीका अध्यक्ष दिनेश रसाइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अहिले निर्माण गरिएको भवन वनाउन सयौं नागरिक तथा समाजसेवीहरुले भवन वनाउन आर्थिक तथा भौतिक सहयोग गरेको वताउनु भयो । इटहरी १६ मा रहेको यस संस्थाको भवन वनाउनका लागी जमिन दिनेश रसाइली तथा उद्धव राईले ८ कट्ठा ३ धुर जग्गा समेत निशुल्क प्रदान गर्नु भएको थियो ।

हाल यस केन्द्रको निर्माण भएको भवन कुल ८३ लाखको लागतमा सम्पन्न भएको अध्यक्ष रसाइलीले वताउनु भयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]