• चैत ६, २०७६
  • जुनकिरी खबर

प्रदेश एकका तीन स्थानमा क्वारेन्टाइन तयार

alt

कोरोना भाइरसको संक्रमण रोकथामका लागि एक नम्बर प्रदेशका तीन स्थानमा क्वारेन्टाइन तयार भएको छ ।

कारोनाका शंकास्पद बिरामीको जाँचका लागि प्रदेश सरकारको निर्णयअनुसार नेपाली सेनाले एक नम्बर प्रदेशका तीन स्थानमा क्वारेन्टाइन स्थापना गरेको हो ।

नेपाली सेनाको पूर्वी पृतना इटहरीका पृतनापति आनन्द कार्कीका अनुसार मोरङको मिक्लाजुङ– ५ मा पर्ने टाडी, झापाको भद्रपुर र उदपयुरको बेलसोतमा क्वारेन्टाइन राखिएको हो ।

पूर्वमाओवादी सेनाको ब्यारेक रहेको टाडीमा २०० जनालाई राख्नेगरी एकसय अस्थायी टेन्ट राखिएको छ ।

भद्रपुरमा ४० मोरङमा दुईसय र उदपयुरमा दुई सय जना अटाउने क्षमताको क्वारेन्टाइन स्थापना भएको हो ।

क्वोरन्टाइनमा शंकास्पद विरामीको उपचारका लागि नेपाली सेनाको चिकित्सकको टोली खटिनेछ ।

प्रदेश सरकारको गत फागुन २९ गते कोरोना भाइरसको संक्रमणविरुद्धको कार्ययोजनामा मिक्लाजुङ र सुनसरीको श्रीलंकाटप्पुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

श्रीलंकाटप्पु पुग्ने बाटो नभएका कारण अन्य स्थानमा क्वारेन्टाइन स्थापना भएको हो ।

आवश्यक परे श्रीलंकाटप्पुमा पनि निर्माण गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]