• चैत ९, २०७६
  • जुनकिरी खबर

एक नम्बर प्रदेश : साना नाकामा आवात–जावतमा रोक, ठूलामा कडाइ

alt

प्रदेश सरकारले भारतसँग सीमा जोडिएका साना नाकाबाट हुने आवात–जावत रोक्न निर्देशन दिएको छ ।

कोरोना संक्रमणका कारण भारतको बिहार राज्यमा एकजनाको मृत्यु भएपछि प्रदेश सरकारले तत्काल साना नाकाहरूमा आवत–जावत रोक्न निर्देशन दिएको हो ।

आइतबार भारतले जनता कर्फ्यू लगाएको छ । कर्फ्यूका कारण आवत–जावत कम छ ।

भारतसँग सीमा जोडिएको झापा मोरङ सुनसरी र इलाममा आवात–जावत रोक्ने एक नम्बर प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए ।

ठूला व्यापारीक नाका अत्यावश्यक सामाग्री ढुवानीका लागि राखेर अन्य साना नाकामा मानिसको आवत–जावत बन्द गर्न सुर्कलेशन गरेको बताए ।

‘हामीले नाका बन्द गर्न मिल्दैन्,’ उनले भने, ‘ठूला नाका टाइट गरेर सानालाई बन्द गर्न सर्कुलेशन जारी गरेका छौं ।’

प्रदेश सरकारले विराटनगरको रानी, झापाको काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज र भाण्टाबारीनाकामा कडाइ गर्ने र अन्य साना नाकामा आवत–जावत पूर्ण बन्द गर्ने भएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]