• चैत १७, २०७६
  • जुनकिरी खबर

कोरोनासँग लड्न इटहरी उपमहानगरको राहत अभियानदेखि सुबिधा सम्पन्न क्वारेन्टाइन तयार

alt

कोरोना संक्रमण रोक्न सरकारले आदेश गरेको लकडाउनबाट प्रभाबित इटहरीका विपन्न परिवारलाई इटहरी उपमहानगरपालिकाको पहलमा राहत वितरण थालिएको छ ।

इटहरी उपमहानगरको शनिवार बसेको कार्यपालिकाको बैठकले विपन्न परिवारलाई करिब ८०० रुपैयाँ बराबरको तेल चिनी,दाल,नुन चामल वितरण गर्ने निर्णय गरेको थियो ।

पालिकाको निर्णय अनुसार बिभिन्न वडामा रहेका विपन्न प्रति परिवार करिब १० केजी चामल र एक केजी नुन र आधा लिटर तेलका दरले राहत वितरण शुरु गरिएको हो । पहिलो चरणमा १ र १७ नम्बर वडाबाट राहत वितरण शुरु गरिएको छ । क्रमश वडामा रहेका विपन्न परिवारको विवरण तयार गरि राहत वितरण गरिने उपमहानगरले जनाएको छ । इटहरी भित्र दश हजारको संख्यामा ज्याला मज्दुरी गर्ने परिवारको अबस्था लकडाउनबाट प्रभाबित बनेपछि राहत वितरण अघि बढाइएको इटहरीका मेयर द्धावारिकलाल चौधरीले जानकारी दिए ।

यस्तै इटहरीमा १०२ सैयाको सुबिधा युक्त क्वारेन्टाइन स्थल निर्माण सम्पन्न भएको छ । इटहरी ५ स्थित जनता बहुमुखी शयाम्पसमा सरकारी मापदण्ड अनुरुपमा क्वारेन्टाइन निर्माण पूर्णरुपमा सकिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिईन् ।

दुई सय बेडको क्वारेन्टाइन निर्माण गर्ने भनिएपनि तत्कालिन अबस्थामा जुटेको स्रोत साधनबाट १०२ बेड निर्माण भएको र क्रमश एक सय बेड थप्ने उनले बताईन् ।

Qt उपमहानगरको पहलमा निर्माण भएको क्वारेन्टाइनमा इटहरीका बिभिन्न संघसंस्थनाले आबश्यक सामाग्रीहरु सहयोग गरेका थिए । उपमहानगरले लकडाउनको समयमा खाद्धयान्न तथा अत्याबश्यक सामाग्रीहरु घर घर पुराउन इटहरीस्थित गोरखा डिर्पाटमेन्ट स्टोरको सहयोगमा प्रत्येक वडा मार्फत खाद्धयान्न बष्तु वितरण गरिरहेको छ भने मेडिकल स्टोर र तरकारी पसलमा आउने ग्राहकको लागि सामाजिक दुरी कायम गर्न रेखा लगाउने अभियान समेत संञ्चालन गरिरहेको छ ।

उपमहानगरले लकडाउनको मौकामा सामानको कालोबजारी हुने भन्दै खुलेका पसलहरुको अनुगमन समेत गरिरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]