• असार २३, २०७६
  • जुनकिरी खबर

६९ प्रतिशत मुद्दा फैसला

alt

संखुवासभा — जिल्ला अदालत चैनपुरले आर्थिक वर्षको ११ महिनामा दर्ता भएका मध्ये ६९ दमलब ०३ प्रतिशत मुद्दा फैसला गरेको छ । विभिन्न प्रकृतिका मुद्दाहरू ५ सय ७ वटा मध्ये ३ सय ५० मुद्दा फैसला गरिएको जिल्ला न्यायाधीश प्रकाश राउतले बताए ।

उनका अनुसार अदालतले १ सय ५७ वटा मुद्दा फैसला गर्न बाँकी रहेको छ । म्याद तामेल नभएका कारण ४३ मुद्दा फैसला गर्न समस्या भएको छ, उनले भने, फैसल गर्न बाँकी रहेका मुद्दामध्ये १८ महिना नाघेको एउटा, १ वर्षदेखि १८ महिनासम्म समय गुज्रिएका ८ वटा, ६ महिनादेखि १ वर्ष म्याद गुज्रिएका ३२ मुद्दा फैसला हुन बाँकी छन् । ६ महिना भित्रका १ सय १६ वटा मुद्दा समेत फैसला हुन बाँकी छन् ।
एक आर्थिक वर्षमा जिल्ला अदालतले १ हजार १ सय २० वर्ष ९ महिना २१ दिन कैद असुल गर्नु पर्नेमा २ सय ४१ वर्ष १ महिना २८ दिनको दण्ड जरिवाना असुल गरेको छ । ८ सय ७९ वर्ष ७ महिना २३दिन दण्ड जरिवाना गर्न बाँकी छ । १ करोड ५२ लाख ९२ हजार १ सय ७४ रुपैयाँ असुल हुनुपर्नेमा ३२ लाख ५३ हजार ८ सय ९० अदालतले असुल गरेको उनले बताए । १ करोड २७ लाख ३८ हजार २ सय ८४ रुपैयाँ ९९ पैसा अदालतले दण्ड जरिवाना भराउन बाँकी रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]