• चैत २१, २०७६
  • जुनकिरी खबर

मोरङका मनकारी युवा : जसले १३ वटा सटरका भाडा नलिने घोषणा गरे

alt

मोरङका एक घरधनीले लकडाउन अवधिको व्यवसायीक सटर भाडा नलिने भएका छन् । सुन्दरहरैचा नगरपालिका ६ स्थित गछियाका युवा सुवास भण्डारीको १३ वटा सटरमा व्यवसाय गर्नेहरूलाई भाडा मिनाहा गरेका हुन् ।

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण रोक्न चैत्र ११ देखि जारी लकडाउनको अवधिमा बन्द भएका सटरको भाडा नलिने घोषणा गरेको उनको भनाई छ ।

लकडाउनका कारण घर बाहिर ननिस्कने अवस्थामा व्यवसाय गरेर दुई चार पैसा कमाउने नागरिकलाई सानो राहत स्वरूप आफूले यस्तो घोषणा गरेको उनले बताए ।

विप्पतीको समयमा एक अर्कोको सहयोग गर्नु अति आवश्यक रहेको उनी बताउँछन् । यस्तै लकडाउनका कारण विपन्न परिवारमा कोही खाना नपाउने अवस्था भए आफूले उनीहरूका लागि पनि खाद्यान्न सामाग्री समेत सहयोग गर्ने जानकारी दिए ।

भण्डारीले १३ वटा सटरबाट मासिक ५२ हजार भाडा उठाउने गर्दथे ।

Pasal

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]