• चैत २३, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा क्‍वारेन्टाइन र आइसोलेसन शय्या थपिँदै

alt

कोरोना संक्रमणका सम्भावित बिरामीलाई राख्‍न प्रदेश १ मा आइसोलेसन शय्या थप गरिएको छ । यसैगरी शंकास्पद बिरामी राख्‍नका लागि विभिन्न स्थानमा क्वारेन्टाइन शय्या पनि थपिएको छ ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार साँझसम्म गरी प्रदेशका विभिन्‍न जिल्लाका २ सय ४४ स्थानमा ३ हजार ९ सय ५४ शय्याको क्वारेन्टाइन स्थापना भइसकेको छ। वडादेखि स्थानीय तहसमेतको सहयोगमा क्वारेन्टाइन स्थापना गरिएको हो।

यसैगरी ४९ स्थानमा ४ सय ३८ शय्या क्षमताको आइसोलेसन केन्द्र राखिएको छ। यसैगरी पूर्वका विभिन्न अस्पतालमा सम्भावित सिकिस्त बिरामीका लागि ४४ वटा आईसीयूसहितको शय्या व्यवस्था गरिएको मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव भरतमणि रिजालले बताए।

पूर्वका क्वारेन्टाइनहरुमा हालसम्म ५ सय ९९ जनालाई राखेर रेखदेख भइरहेको जनाइएको छ। यसैगरी शंकास्पद १३ जना बिरामीलाई आइसोलेसनमा राखेर उपचार र निगरानी भइरहेको छ।मध्ये ८ जना डिस्चार्ज भएका छन्। भारतका विभिन्न सहर अनि समुद्रपार मुलुकबाट आएका समेत गरी २ हजार ७ सय ५३ जनालाई होम क्वारेन्टाइनमा राखेर निगरानी भइरहेको प्रदेश सरकारले जनाएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]