• चैत २७, २०७६
  • जुनकिरी खबर

कोरोना : घरघरमा सचेतना अभियान चलाउँदै इटहरी उपमहानगर

alt

कोरोना संक्रमण फैलिन नदिन भन्दै इटहरी उपमहानगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरी सचेतना अभियान चलाइरहेको छ। कोरोना भाइरसका लक्षण र त्यसबाट बच्चे उपायको बारेमा घरघरमा पुगेर सचेत गराउन सुरु गरिएको हो। 

नेपाल सरकारले श्वास्थ्य स्वयंसेविकालाई पनि परिचालन गर्ने निर्णय गर्नुभन्दा एक महिनाअघिदेखि नै इटहरी उपमहानगरले स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको थियो। इटहरीभरिका स्वास्थ्य स्वयंसेविका तथा अन्य स्वास्थ्यकर्मचारीलाई तालिम दिएर सचेतनाको लागि खटाइएको उपमेयर लक्ष्मी गौतमले बताइन्। 

बाहिरबाट आएका नयाँ आगन्तुकको बारेमा डाटा राख्ने र स्वास्थ्य परीक्षण गरेर होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। टोल-टोलमा अनुगमन संयन्त्र बनाएर कोरोना शंकास्पदको खोजी गर्ने काम भइरहेको गौतम बताउँछिन्। उनका अनुसार हालसम्म १ सय जना जति विभिन्न देशबाट आएकाहरु उपमहानगरको निगरानीमै छन्।

हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा अनुगमन तथा सुपरीवेक्षण समिति बनेकाले सो समितिले नियमित अनुगमनको काम गरीरहेको छ। कुनैपनि बिरामी शंकास्पद भेटिएको अवस्थामा कोरोना शंकास्पदकै लागि भनेर एउटा एम्बुलेन्स तयारी अवस्थामा रहको उपमेयर गौतमले बताइन्।

सँगै अत्यावश्क सामग्री बिक्री वितरण गर्ने पसलमा १ मिटरको दूरी कायम गर्नुपर्ने तथा अनिवार्य सेनिटाइजर र साबुन पानीका व्यवस्था गर्नुपर्ने नियम बसाइएको छ। सहर बजारदेखि गाउँसम्म माइकिङ गरी विदेशबाट आएका मानिसलाई उपमहानगरको सम्पर्कमा ल्याउन पहल गरिएको गौतमको भनाइ छ। अब दुई दिनपछि शंकास्पद बिरामीको घरमै पुगेर स्वाब संकलन गर्ने तयारी थालिएको उनले जानकारी दिइन्। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]