• चैत २९, २०७६
  • जुनकिरी खबर

लकडाउनमा घरबाहिर निस्कनेलाई धरानमा कोरोना क्लास

alt

लकडाउनको अटेर गर्दै घर बाहिर निस्केकाहरुलाई सडकबाटै नियन्त्रणमा लिई प्रहरीले दुई घण्टा  कोरोना क्लास दिन थालेको छ ।

मर्निङवाक वा टहलिन निस्कने र रमिता हेर्न घसबाट बाहिरिनेहरुलाई नियन्त्रणमा लिई धरान–१२ चतरालाइनस्थित पव्लिक उच्च माविको मैदानमा दुई घण्टा राखेर कोरोना क्लासमा राखिने गरिएको छ । शुक्रबार साँझ सडकमा निस्केका १६० जनालाई नियन्त्रणमा लिई छाडेको प्रहरीले जनाएको छ ।

शनिबार बिहानमात्र मर्निङवाक गर्ने दुई सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिई दुइ घण्टा क्लासमा सहभागी गराएको थियो । कोरोना त्रास सर्वत्र फैलिएको र हालसम्म एकलाख भन्दा बढीले ज्यान गुमाइसकेको र करिब १७ लाख संक्रमित भएको बेला कोरोना फैलने ‘चेन ग्याप’गर्न सरकारले लकडाउन गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले नियन्त्रणमा लिइएका सर्वसाधारणलाई कोरोना भाइरसको कुनै औषधि अविष्कार नभएको, जोखिम बढेको र बच्ने उपायबारे पढाएर दुई घण्टापछि छाडिने गरेको बताए । उनका अनुसार लकडाउन उल्लङ्घन गर्दै सवारी साधन चलाउनेको साधन नियन्त्रणमा लिई लकडाउन पछि मात्रै फिर्ता गर्नेगरी जफत गर्न थालिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले भने, ‘सर्वसाधारण नागरिक कोरोनाबाट सुरक्षित रहुन् भनेर नै सरकारले लकडाउन घोषणा गरेको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]