• चैत २९, २०७६
  • जुनकिरी खबर

प्रदेश १ मा परीक्षण गरिएका सबै २८२ को रिपोर्ट नेगेटिभ

alt

प्रदेश १ मा कोरोनाको र्‍यापिट डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ ।

स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

पहिलो चरणमा विभिन्न क्वारेन्टाइनमा राखिएका ७ महिला र ८६ पुरुषको नमूना संकलन गरी परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो । संभावित कोरोना परीक्षणको लागि नमूना संकलन तथा परीक्षण (पीसीआर) अन्तर्गत गरिएको अहिलेसम्मको परीक्षणमा समेत प्रदेश १ मा कोरोना नभएको देखिएको छ ।

कुल २ सय ११ नमूना संकलन भई परीक्षण गरिएकोमा ३६ महिलासहित १ सय ५३ पुरुषको रिर्पोट नेगेटिभ देखिएको छ । दुबै विधिबाट गरी प्रदेशभरी २८२ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

शनिबार जम्मा ४ महिला र २७ पुरुष गरी जम्मा ३१ जनाको नमूना संकलन गरिएको छ । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालमामा नमुना परीक्षणको प्रबन्ध गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेधरन राईले शुक्रबार अब सरकारको ध्यान ठूलो संख्यामा परीक्षण गर्नेतर्फ केन्द्रीत हुने बताउनुभएको थियो । परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा काठमाडौपछि अधिक परीक्षण गर्नसक्ने ल्याबसमेत संचालनमा आईसकेको छ ।
सर्वसाधारणको नमूना संकलन गर्न शुक्रबारबाट पाँच स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । झापा, मोरङ र उदयपुरमा निर्मित क्वारेन्टाइन स्थलमा पुगेर स्वास्थ्यकर्मीले नमूना संकलन गरिरहेका छन् । प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेष्ट भइरहेको छ ।

प्रदेश १ मा शनिबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ९२ पुगेको छ । शनिबार ३९ जना थपिएका हुन् । यस्तै आइसोलेसन बेडमा जम्मा १० जनालाई राखिएको छ भने होम क्वारेन्टाइनमा ३ हजार ४ सय १७ जना बसिरहेका छन् । आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना डिस्चार्ज भएको प्रदेश सरकारको कोरोना सूचना डेस्कले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]