• चैत ३०, २०७६
  • जुनकिरी खबर

रगत अभावको समयमा इटहरीमा १२२ प्रिन्ट रक्तदान

alt

लकडाउनको समयमा प्रदेश नम्बर १ मा रगतको अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखा र इटहरी जेसिजको संयुक्त आयोजनामा आइतवार इटहरीमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा १ सय २२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखा इटहरीका सभापति विमल पौडेलले बताए । कोरोना संक्रमणको महामारी फैलिरहेको संकटपूर्ण अवस्थामा रेडक्रसको आह्रवानमा स्वास्थ्यका हिसाबले सुरक्षा विधि अपनाएर रक्तदान कार्यक्रम गरिएको उनले जनाए ।

रक्तदानमा इटहरी र आसपासका दाताहरुको सहभागीता रहेको थियो । संकलित रगत वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानको ब्लड बैंकमा जम्मा गरिने छ ।

अहिले पनि अस्पतालमा यस्ता धेरै बिरामीहरु छन, जसलाई दैनिक रगत चढाउनु पर्ने अवस्था छ । अहिलेको अवस्थामा यसरी दैनिक रुपमा रगतको आवश्यकता पर्ने बिरामीहरुलाई गाह्रो भइरहेको छ ।

आइतवारको रक्तदानले पूर्वमा भईरहेको रगत अभावलाई केही हदसम्म पुरा गर्ने बताइएको छ । कोरोना संक्रमणको महामारी फैलिरहेको अवस्थामा स्वास्थ्यका हिसाबले सुरक्षा विधि अपनाउनुको साथै दुरी कायम गरि रक्तदान गरिएको थियो ।।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]