• वैशाख १, २०७७
  • जुनकिरी खबर

विदेशमा ७०६ नेपालीलाई संक्रमण, १४ को निधन

alt

कोरोना भाइरस (कोभिड–१९)बाट विभिन्न देशमा १४ नेपालीको ज्यान गएको छ। ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघले जनाएको छ। संघका अनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स (यूएई) मा १ नेपालीको निधन भएको हो। अमेरिकामा ५ सय, बेलायतमा १ सय, बहराइनमा २५, यूएईमा २२, स्पेनमा १८, कुवेतमा ११, अस्ट्रेलियामा ९, पोर्चुगलमा ८, साउदी अरेबियामा ५ र जर्मनीमा ४ नेपाली संक्रमित छन्। जापान, मलेसिया, म्यान्मार र हङकङमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको संघका प्रवक्ता डीबी छेत्रीले बताए।

यूएईमा एक महिलाको निधन भएको छ भने दुई जना निको भएका छन््। साउदीमा तीन जना संक्रमितले स्वास्थ्यलाभ गरेका छन्। बेलायतमा स्वास्थ्यलाभ गरी एक जना घर फर्किएका छन्। ओमानका नेपाली अहिलेसम्म सुरक्षित छन्। अफ्रिकी र पश्चिम एसियाका अन्य देशमा कोरोनाबाट नेपाली प्रभावित भए÷नभएको सार्वजनिक भएको छैन।

संघले २४ घण्टे हटलाइन सेवा सुरु गरी विभिन्न देशबाट सूचना संकलन गरिरहेको छ। पश्चिम एसियाका देशमा समिति बनाएर त्यहाँका सरकार तथा सामाजिक संस्थासँग सहकार्य गरी संघले कोरोनाविरुद्ध काम गरिरहेको छ। कतार सरकार र यूएई प्रहरीसँग मिलेर राहत तथा उद्धारको काम गरिरहेको प्रवक्ता छेत्रीले बताए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]