• वैशाख ३, २०७७
  • जुनकिरी खबर

मोरङका विभिन्‍न क्‍वारेन्टाइनमा बसेका सय जना घर फर्किए

alt

मोरङका विभिन्न स्थानमा राखिएका क्वारेन्टाइनमा बसेका सयजना घर फिर्ता भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सम्भावित बिरामीलाई राख्न जिल्लाका ६ स्थानमा क्वारेन्टाइन केन्द्र छन् । तिनमा रहेका १ सय ७६ जनामध्ये सय जना घर फर्केको मोरङ प्रहरीले जनाएको छ ।

क्वारेन्टाइनमा बस्नेहरुमा संक्रमणको लक्षण नदेखिएपछि घर फिर्ता गरिएको हो । प्रदेश १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पतालमा कोरोना संक्रमण भए, नभएको परीक्षण गर्ने गरिएको छ । यसबाहेक विभिन्न स्थानमा र्‍यापिड टेस्ट विधिमार्फत् पनि प्रारम्भिक परीक्षण भइरहेको छ ।

मोरङको टाँडीस्थित आर्मी क्याम्पसमा रहेका १ सय ५१ मध्ये ९७ जना फिर्ता भएका छन् । यसैगरी घिनाघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको क्वारेन्टाइनमा बसेका ११ जनामध्ये ३ जना घर गएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]