• वैशाख ४, २०७७
  • जुनकिरी खबर

प्रदेश १को हिउँदे अधिवेशन अन्त्य : जनसुरक्षा कोषमा थप १५ करोड बजेट

alt

प्रदेश १ सभाको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको बैठकले बुधबार राती १२ वजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रदेशसभाको कार्य व्यवस्था परामर्श समिति बैठकमा दलहरुबीच कोरोना भाइरसका कारण लकडाउन लम्बिदै गएको र वर्षे अधिवेशनको पनि समय आउन लागेकाले हिउँदे अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।

सरकारले २५ जनाभन्दा बढी एक ठाउँ भेला हुन रोक लगाएपछि चैत ६ गते सभामुख प्रदीपकुमार भण्डारीले अनिश्चितकालका लागि स्थगित गरेका थिए।हिउँदे अधिवेशनमा ६ वटा विधयेक दर्ता भएका थिए। ती मध्य प्रदेशको वातावरण संरक्षण विधेयक पारित भयो।

मुख्यमन्त्री शेरधन राईले हिउ‘दे अधिवेशनबाट प्रदेशको नामाकरण टुंग्याउने प्रतिवद्धता जनाएको भएपनि कोरोना भाइरसका कारण नामकरण हुन सकेन। अधिवेशन गत माघ २३ गते सुरु भएको थियो।

जनसुरक्षा कोषमा थप १५ करोड बजेट

मन्त्रीपरिषदको बैठकले कोरोना जनसुरक्षा कोषमा थप १५ करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ। यसअघि कोषमा १० करोड बजेट बिनियोजन भइसकेको छ। सरकारले कोषमा दिएको बजेटसँगै बिभिन्न संघ, संस्था, कर्मचारीलगायतले गरेको सहयोग रकम खर्च भइसकेकाले थप बजेट विनियोजन गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताए।

बैठकले यस प्रदेशका क्यान्सर रोगबाट पिडित दुई जनालाई आर्थिक सहयोग उपलव्ध गराउने निर्णय गरेको छ। सोलुखुम्बुको खुम्बुपासङ गाउँपालिकाका अध्यक्ष हिमदोर्जी शेर्पालाई ५ लाख र पत्रकार कमल पौडेललाई ३ लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको मन्त्री कार्कीले बताए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]