• वैशाख ५, २०७७
  • जुनकिरी खबर

वीपी प्रतिष्ठानमा छुट्टैं एक सय बेडको कोरोना अस्पताल बन्दैं

alt

कोरोना संक्रमणलाई मध्यनजर गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सय बेडकाे आइसोलेसनसहितको कोरोना उपचार केन्द्र बनाउन तयारी थालेको छ । त्यसका लागि प्रतिष्ठानको पूर्व साइटमा रहेको पूर्नस्थापना केन्द्रलाई कोरोना उपचार केन्द्रको रुपमा छुट्टै व्यवस्थापन गर्न लागेको हो ।
पुर्नस्थापना केन्द्रमा अहिले फिजियोथेरापीका सामग्रीहरु छन् । ती सामान हटाउने काम भइरहेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका अनुसार सय बेड आइसोलेन बेडमा १० वटा आइसियु बेडको व्यवस्था गरिने छ । यस अघि प्रतिष्ठानले २० वटा बेडको आइसोलेसन वार्ड संचालन गदैं आएको थियो । प्रतिष्ठानमा रहेको पेइङ वार्डलाई आइसोलेसन वार्ड बनाएको थियो ।

उक्त अस्पतालमा एउटा डेडिकेटेट सिटी स्क्यान, अपरेसन थिएटर, एक्स-रे मेसिन छुट्टै व्यवस्था गरिने छ । बैशाख १२ गते सम्ममा तयारी गरि १३ गतेदेखि सेवा शुरु हुने अस्पताल निर्देशक प्राडा गौरीशंकर साहलबे जानकारी दिए ।
यसै गरि प्रतिष्ठानमा विमारीको भीडलाई कम गर्न बैशाख १३ गतेभित्र अनलाइनबाट नै प्रतिष्ठानको विभिन्न सेवा प्रवाह गर्न मोवाइल एप्स पनि तयार भइरहेको प्रतिष्ठानले जनाएको छ । मोवाइल एप्स तयार भएपछि प्रतिष्ठानमा पुर्जी काट्न, विल पेमेन्ट गर्न र ल्याव रिपोर्ट पनि अनलाइनबाट नै लिन सकिने उपकुलपति डा. गिरीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]