• वैशाख ६, २०७७
  • जुनकिरी खबर

सुनसरीमा लकडाउन कडा : किराना पसल, सागसब्जी पनि अनुमति नभएसम्म बेच्न नपाइने

alt

सुनसरी प्रशासनले प्रदेश एकमा कोरोना भाईरसको सक्रमित भेटिएपछि सुरक्षा निकायलाई हाईअलर्टमा राख्दै लकडाउनलाई कडा बनाएको छ ।

प्रदेश एकको उदयपुरमा रहेको मस्जिदमा एकै पटक १२ जना कोरोना भाईरसको सक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवार राती अवेरबाट सुरक्षा निकायलाई हाईअलर्टमा राख्दै लकडाउन कडा बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले भने उदयपुरको मस्जिदमा रहेका १२ जना भारतिय नागरिकहरुमा कोरोना सक्रमणको पुष्टी भएपछि सुनसरीमा मानिसहरुको आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको बताए ।

प्रहरी उपरिक्षक पोखरेलले भने सडकमा भोली बिहानबाट सुरक्षाकर्मी र स्वास्थ्कर्मीहरुको बाहेक अन्य सवारी साधनहरु गुडन रोक लगाईएको छ, औषधी र दुध बिक्री गर्ने बाहेकका सम्पुर्ण पसलहरु समेत बन्द गरि सवै जिल्लावासीहरुलाई घरबाट बाहिर नआउन आवहन गरिएको छ ।प्रहरीले सर्वसाधरणहरुलाई गराएको जानकारीको अवज्ञा गरि घर बाहिर हिडडुल गरेको फेला पारे पक्राउ गरि आवश्यक कानुनी कारवाही गर्ने उपरिक्षक पोखरेलले बताए ।

यसै गरि प्रहरीले धरान, इटहरी उपमहानगरपालिका चारै वटा नगरपालिका र ६ वटै गाउपालिकाका शहर, बजार, चौक तथा वस्तीहरुमा माईकिङ्ग गरि घरबाट अत्यावश्यक काम बाहेक बाहिर नआउन आम नागरिकलाई आग्रह गरेको छ ।

प्रहरीले कुनैपनि सवारीसाधन नचलाउन, खाद्यन्न, तरकारी लगायतका कुनै पसल नखोल्न र सडक बाटोमा हिडडुल नगर्न आवहन गर्दै सवै नागरिकले कोरोना भाईरसको महामारीबाट बच्ने उपायहरु अपनाउदै घर भित्र बस्न माइकिङ्ग गर्दै आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]