• वैशाख १०, २०७७
  • जुनकिरी खबर

सुनसरी-मोरङ औद्योगिक करिडोरमा मजदुरलाई ‘नो वर्क, नो पे’

alt

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले लकडाउनको समयमा उद्योग व्यवसाय बन्द भएको र त्यस अवधिमा काम नगरेका मजदुरको पारिश्रमिक भुक्तानी ‘नो सेल्स, नो विजनेस, नो कलेक्सन, नो वर्क, हाउटु पे’ को सिद्धान्त अनुसार गर्ने निर्णय गरेका छन् ।

उद्योग संगठन र मोरङ व्यापार संघको संयुक्त बैठकले उद्योग बन्द भएको समयमा मजदुरलाई ‘नो वर्क, नो पे’ गर्ने निर्णय गरिएपनि हालको विषम परिस्थितिलाई ध्यानमा दिएर अर्को निर्णय नभएसम्म सामान्य अवस्थामा मजदुर कर्मचारीले खाइपाइ आएको मासिक तलबको ५० प्रतिशतसम्म जीविकोपार्जनका लागि पेस्की स्वरुप उपलब्ध गराउने सहमति भएको उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले बताए।

करिडोरमा साना ठूलासहित ५ सय उद्योग सञ्चालनमा छन्। ती उद्योगमा झन्डै ५० हजार मजदुर आश्रित छन्। ती मजदुरलाई काम नभएको समयको पारिश्रमिक भन्दापनि मासिक खाइपाइ आएको तलबको आधा रकम हाललाई पेस्की स्वरुप उपलब्ध गराएर जीविकोपार्जनका लागि सहयोग गर्न उद्योगी सहमत भएको व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]