• वैशाख ११, २०७७
  • जुनकिरी खबर

प्रेस युनियन सुनसरीले बाड्यो सेनिटाइजर र मास्क

alt

नेपाल प्रेस युनियन सुनसरीले कोरोना भाइरसको समयमा पनि फिल्डमा निरन्तर खटिएका पत्रकारहरु एवं सञ्चार गृहलाई सेनिटाइजर र मास्क वितरण गरेको छ ।

प्रेस युनियनका जिल्ला सभापति पवन अधिकारीका अनुसार मंगलबार र बुधबार गरी जिल्लामा खटिएका सक्रिय पत्रकारहरु एवं सञ्चार गृहलाई सेनिटाइजर र मास्क वितरण गरेको हो ।

हिमगिरी हाइजिन प्रा. लि विराटनगरको सहकार्यमा आवश्यक १ हजार थान मास्क र १ सय भन्दा बढी सेनिटाइजर सक्रिय पत्रकारहरुलाई उपलब्ध गराएको सभापति अधिकारीले बताए । ‘हामीले जिल्लाका विभिन्न नगरमा तोकिएका संयोजकहरुलाई हस्तान्तरण गर्यौँ,’ उनले भने, ‘नगरबाट सक्रिय फिल्डमा खटेका सबैजसो पत्रकारहरुलाई सेनिटाइजर र मास्क उपलब्ध गराएका छौँ, आवश्यक परे यसलाई थप पनि गरिनेछ ।’ उनका अनुसार धरानका नगर संयोजक शुक्रान्त राई, इटहरीका नगर संयोजक धुब्र ढकाल, इनरुवाका संयोजक अजित झा, झुम्काका संयोजक नवीन चौधरी, दुहवीका संयोजक आशिष यादब र बराहक्षेत्रका संयोजक संगम बिष्टको नगर कार्यसमितिलाई हस्तान्तरण गरिएको र उनीहरुमार्फत जिल्लाका सबै फिल्डमा खटिएका पत्रकारहरु एवं सञ्चार गृहलाई उपलब्ध गराईएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]