गृहमन्त्री रामबहादुर थापाले सांसदको प्रश्नको जवाफमा सर्लाही घटनाबारेमा सदनले आवश्यकता महसुस गरेका खण्डमा छानबिन समिति बनाउन सरकारलाई कुनै आपत्ति नभएको बताएका छन् । उनले मंगलबारको बैठकमा प्रतिपक्षी सांसदहरुले उठाएको जिज्ञासाको उत्तर दिँदै भने, 'सर्लाहीको घटना दुःखद् हो, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार सचेत छ, जनतालाई दमन गर्ने नीति सरकारको छैन ।'
गृहमन्त्री थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको दाबी गरेका छन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved