• वैशाख १४, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा विदेशबाट आएका कहाँ–कहाँ पुगे ? यकिन तथ्यांक छैन

alt

भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिहरुबाट कोभिड १९ संक्रमण फैलिएको पाइएपछि अपनाउनुपर्ने सावधानी प्रदेश १ मा देखिएको छैन । १४ जिल्ला समेटिएको यो प्रदेशमा अन्यत्रबाट कति मानिस भित्रिए भन्ने यकिन तथ्यांकसमेत सरकारसँग छैन ।

यो बेला विदेशबाट आएकाहरूको तथ्यांक संकलन गरी उनीहरुको परीक्षण गर्नुपर्ने हो। विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा बसिरहेकाहरुको आरडिटी विधिले परीक्षण गर्नुबाहेक अरुको परीक्षण भएको छैन।

संक्रमण फैलन नदिन गरिएको लकडाउनको अवधि एक महिना नाघिसकेको छ। अरु थप्नुपर्ने उच्चस्तरीय समितिले सरकारलाई सुझाव दिइसकेको छ। लकडाउनकै अवधिमा पनि भारतबाट आउने क्रम जारी छ। लकडाउन अघि आएकाको संख्या त झनै ठूलो छ।

प्रदेशमा संक्रमितको संख्या २९ पुगेको छ। सुरुमा उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका व्यक्तिबाट कोरोना भाइरसको संक्रमण फैलिएको आशंका गरिएको थियो। तर, प्रदेश सरकारले भारतको सुरत र वैदेशिक रोजगारीमा दुबईबाट फर्किएका व्यक्तिबाट संक्रमण फैलिएको निष्कर्ष निकालेको छ।

सामाजिक विकास मन्त्री जीवन मन्त्री घिमिरेले भारत तथा तेस्रो मुलुकबाट आएका करिब ५ हजारजनालाई क्वारेन्टिनमा राखेको दाबी गरेका छन्। प्रदेशका विभिन्न स्थानीय तहमा बनाइएका क्वारेन्टिनमा त्यति संख्यामा मानिसहरुलाई राखिएको उनको भनाइ छ। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]