• वैशाख १४, २०७७
  • जुनकिरी खबर

इटहरीको राहत कोषमा कांग्रेसले दियो थप १ लाख ७५ हजार

alt

नेपाली कांग्रेस इटहरी नगर समितिले राहत कोषमा १ लाख ७५ हजार सहयोग गरेको छ । कांग्रेसले इटहरी उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषको खातामा सो रकम जम्मा गरेको हो ।

कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको र मुलुक लकडाउनमा रहेको अवस्थामा मजदुर गरिबहरु समस्यामा परेको भन्दै उनीहरुलाई राहत दिनको लागि पैसा सहयोग गरिएको कांग्रेस नगर सहसभापती कोबिदजङ्ग कार्कीले जानकारी दिए ।

दैनिक ज्यालादारी गरेर चुल्हो बाल्ने श्रमजीवीहरुलाई भोकभोकै मर्न नदिन काँग्रेस इटहरीले सहयोग गरेको उनले बताए ।

कांग्रेसले यसअघिनै अति बिपन्न बर्गका नागरिकहरुलाई राहत वितरण गर्न आग्रह गरी ५ हजार केजि चामल उपलब्ध गराइसकेको र अहिले सोही परिमाणमा चामल खरिद गर्नपुग्ने रकम सहयोग गरेको उनको भनाइ छ ।

उपमहानगरको नेपाल बैंक लिमिटेड इटहरीमा रहेको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेका हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]