• वैशाख १५, २०७७
  • जुनकिरी खबर

झापामा एक जनामा संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

alt

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । झापामा एक जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५२ पुगेको हो ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापा निवासी ५० वर्षीय पुरुषमा संक्रमण फेला परेको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, संक्रमित भएका मध्ये आइतबार थप चार जना निको भई घर फर्किएका छन् । योसहित १६ जना उपचारपछि निको भई घर फर्किएका हुन् ।

नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा कोरोना निको भएर घर फर्किएका छन् । उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भएका हुन् ।

सोही अस्पतालमा उपचाररत अरु तीन जनापनि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार धनगढीमा १, वीरगन्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र उनीहरु सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आइतबार वीरगञ्जकै २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]