• वैशाख १७, २०७७
  • जुनकिरी खबर

इटहरीको खानेपानी महशुलमा छुट दिने घोषणा

alt

लकडाउन पछि समायोजन हुने गरि इटहरी खानेपानी उपभोक्ता संस्थाले इटहरी भरीका आफ्ना १७ हजार २ सय ८० उपभोक्ताहरुलाई पानीको महसुलमा छुट दिने निर्णय गरेको छ । 

एक महिनाको न्यूनतम शुल्क १० यूनिटको १ सय ३० छुट दिने निर्णय गरेको हो । बुधबार बसेको संस्था कार्यसमितिको बैंठकले यस्तो निर्णय गरेको संख्थाका अध्यक्ष रामप्रसाद चौलागाईद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैंठकपछि संस्थाका अध्यक्ष चौलागाईले जारी गरेको प्रेस विज्ञप्ती अनुसार १० युनिटको १ सय ३० रुपिँया छुट दिइएको रकम बन्दाबन्दी(लकडाउन) पछि रिडिङ हुने महिनामा समायोजन गरिने उल्लेख गरिएको छ । यो खालको छुट ०७७ असार मसान्तसम्म महशुल भुक्तानी गरिसक्ने उपभोक्ताहरुका लागि मात्र दिईने जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

०७६ चैत्रदेखि ०७७ बैशाख महिनाको पानी महशुलमा ०७७ अषाढ मसान्तसम्म भुक्तानी गर्दा कुनै हर्जना नलिने निर्णय पनि बैंठकले गरेको छ । ०७६ फागुन महिनासम्मको महशुल तिर्न बाँकी रहेका उपभोक्ताहरुको हकमा ०७७ अषाढ मसान्तसम्ममा सबै महशुल भुक्तानी गर्दा हर्जना शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्ने निर्णय पनि गरिएको संस्थाका अध्यक्ष चौलागाईद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संस्थाले जारी गरेको विज्ञप्तीमा लकडाउनका कारण इटहरी भरीका आफ्ना उपभोक्तालाई पानी महशुलमा छुट दिदा २२ लाख ४६ हजार ४ सय नोक्सान हुने पनि गरिएको छ । साथै कोरोना संक्रमण रोगथाम , नियन्त्रण र व्यवस्थापनका लागि इटहरी उपमहानगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन राहत कोषलाई दिइएको १० लाख ११ हजार गरि कुल ४५ लाख रुपियाँ संस्थालाई व्ययभार थप हुने अध्यक्ष चौलागाईद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]