• वैशाख १८, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा अनुत्पादक क्षेत्रको बजेट कटौती

alt

कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण प्रदेश १ सरकारले चालू आर्थिक वर्ष अनुत्पादक क्षेत्रको करिब ५ अर्ब बजेट कटौती गरेको छ । कोरोना नियन्त्रणका लागि आगामी वर्षसमेत स्रोत व्यवस्थापन गर्ने गरी १२ शीर्षकका बजेट कटौती गरिएको हो ।

चालू वर्ष खर्च हुन नसक्ने बजेट सबै मन्त्रालयलाई समर्पण गर्नसमेत सरकारले निर्देशन दिएको छ । अनुत्पादक क्षेत्रको र खर्च हुन नसक्ने बजेट प्रतिफल आउने बहुवर्षीय योजनाहरूमा रकमान्तर गर्ने सरकारको योजना छ ।

कटौती गरिएका शीर्षकमा सवारी खरिद, फर्निचर, सेवा, परामर्श, भत्ता, भ्रमण भत्ता, तालिम, करारमा कर्मचारी नियुक्ति, राजनीतिक नियक्तिलगायत छन् ।

‘ठेक्का प्रक्रियामा रहेका योजनाहरूको चालू वर्ष खर्च हुन नसक्ने बजेट समर्पण गर्न मन्त्रालयहरूलाई निर्देशन दिइएको छ,’ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भने, ‘अनुत्पादक क्षेत्रको र मन्त्रालयहरूले समर्पण गरेको बजेट रकमान्तर गरेर प्रतिफल देखिने बहुबर्षीय योजनामा खर्च गर्छौं ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]