• वैशाख १९, २०७७
  • जुनकिरी खबर

इटहरीमा दोस्रोे चरणको राहत वितरण कार्य सुरु

alt

लकडाउन लम्बि रहेको समयमा सुनसरीको इटहरी उपमहानगरपालिकाले संघिय सरकारले तयार पारेको मापदण्ड अनुसार दोस्रोे चरणको राहत वितरण कार्य सुरु गरेको छ ।उपमहानगरपालिकाले वडा वडामा राहत पाउने ब्यक्तिहरुको नामावली संकलन गरेर त्यसैको आधारमा राहत वितरण गर्न थालेको हो ।

दैनिक ज्यालादारीमा काम गरेर गुजरा चलाउने विपन्न परिवारहरुलाई राहत वितरण गर्ने कार्य अन्र्तगत सबै वडामा दुई भन्दा वढि संख्या हुने परिवारलाई २० केजी चामल,दुईकेजी दाल,डेढ लिटर खानेतेल,एक केजी नुन र दुइवटा सावुन राहत स्वरुप वितरण गर्न थालिएको हो । दुइजना सम्म भएकालाई १० केजी चामल,एक केजी दाल,आधा लिटर तेल,एक केजी नुन र एक थान सावुन वितरण गरिदै छ । राहत वितरणलाई पारर्दशी वनाउन केही वडाहरुले मापदण्डमा परेका राहत पाउनेहरुलाई कुपन उपलव्ध गराएको छ जस राहत वितरणमा सहज हुने अनुमान गरिएको छ ।

वडावासीलाई राहत वितरण गर्नका लागि हाल प्याकेजिडको काम भई रहेको वडा नम्बर ९ का वडाध्यक्ष भुपेन्द्र वरालले वताए । उनले आफनो वडा ७ सय ९५ जनालाई राहत वितरण गरिने समेत जानकारी दिए । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएकाहरु राहत पाउदा खुशी भएका छन ।इटहरी उपमहानगरपालिकाले सामाजिक दुरी कायम गरी दोस्रो चरणको खाद्यान्न राहत वितरण सुरु गरेको छ भने यसअघि पहिलो चरणमा इटहरी उपमहानगरपालिकाले २१ हजार वढिलाई राहत वितरण गरेको गरिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]