• वैशाख १९, २०७७
  • जुनकिरी खबर

सुनसरीको इटहरीमा लगाइएको तरकारी बजार उठाइयो

alt

लकडाउनको समयमा समेत ठुलो संख्यामा भेला भएर सामाजिक दुरी लाई समेत बेवास्ता गर्दै सुनसरीको इटहरीमा लगाइएको तरकारी बजार उठाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न र अनावश्यक रुपमा घर वाहिर ननिस्कन भन्दै लकडाउन लगाएपनि ठुलो संख्यामा भिड भएपछी बजार उठाइएको हो ।

इटहरी उपमहानगरपालिका ,उद्योग वाणिज्य संघ इटहरी लगायत सरोकारवाला निकायहरुको छलफलले विहान ७ बजे देखि १० बजे सम्म सामाजिक दुरी कायम गरी बजार सञ्चालन गर्ने सहमतिको समेत बेवास्ता गरि लगाइएको बजार उद्योग वाणिज्य संघ इटहरीको सक्रियतामा उठाइयो । सामाजिक दुरी कायम नगरी मेला जस्तै गरी कोरोनाको संत्रास समाप्त भई सकेर बजार खुलेको झै गरी सञ्चालन गरिएको हाट बजारलाई आफुहरुले अनुरोध गरि हटाएको उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले वताए ।

इटहरी बाहिर टाढा टाढा देखि समेत तरकारी व्यापारीहरु तरकारी विक्रीको लागि आएको पाइएका कारण जोखिम बढ्ने तर्फ मध्यनजर गरि बजार उठाउन आग्रह गरिएको समेत पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]