• वैशाख २२, २०७७
  • जुनकिरी खबर

सीमा नाकामा कडाई गर्न प्रधानमन्त्रीको निर्देशन, २५ गतेपछि लकडाउनमा खुकुलो

alt

प्रधानमन्त्री केपी ओलीले सीमा नाकाहरुमा कडाई गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा भारतबाट कोरोना भित्रिन नदिन सिमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले तत्काल भारतमा रहेका नेपालीलाई ल्याउन नसकिने पनि बताएका थिए । भारतमा लकडाउन लम्बिँदा अलपत्र परेका नेपालीलाई के गर्ने भन्ने सम्बन्धमा ओलीले तत्काल भारतबाट मानिस आउन दिनु जोखिम हुने भन्दै उक्त निर्णय गर्न नसकिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन दिएको पनि एक मन्त्रीले बताएका छन् ।

भारतसँगको नाकाहरु सिल गरिए पनि लुकिछिपी मान्छेहरू आइरहेका सन्दर्भमा भारतीय पक्षसँग पनि छलफल गरी कडाई गर्न प्रधानमन्त्री ओलीले भनेका हुन् ।

यता चैत ११ गते निरन्तर रहेका देशव्यापी लकडाउनको अवधि वैशाख २५ गते सकिने भएकाले त्यसपछि के गर्ने भन्नेमा सरकारले विभिन्न मोडालिटीमा छलफल पनि थालेको छ ।

वैशाख २५ पछि जिल्लाहरुमा देखिएको जोखिमका आधारमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याएर केही खुकुलो बनाउनेबारे छलफल भइरहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]