• वैशाख २३, २०७७
  • जुनकिरी खबर

धनकुटाका सम्पूर्ण नाका सिल

alt

धनकुटाको सम्पूर्ण नाकामा पैदल यात्रुलाई समेत आवतजावतमा रोक लगाइएको छ । सीमावर्ती भोजपुर र उदयपुरमा कोभिड १९ संक्रमित फेला परेपछि जिल्लाका सम्पूर्ण नाका बन्द गरी नियमित अनुगमन तीव्र पारिएको प्रशासनले जनाएको छ । अत्यावश्यक कामको ठहर गरेबाहेक कसैलाई पनि जिल्ला भित्रिन र बाहिरिन कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

सीमावर्ती जिल्लामा संक्रमण देखिइसकेकाले अब उच्च सतर्कतामा राखेर कडाइ गरिनुबाहेक अन्य विकल्प नभएको प्रमुख जिल्ला अधिकारी केवशप्रसाद विमलीले बताए । धनकुटाको पश्चिमी क्षेत्रमा भोजपुर र दक्षिणी क्षेत्रमा उदयपुर जिल्लाको सिमाना जोडिएको छ ।

जिल्लामा हालसम्म २८ जनालाई क्वारेन्टाइनमा राखिएको प्रशासनले जनाएको छ । काठमाडौं, हेटौडा लगायतका ठाउँबाट जिल्ला फर्किएकालाई क्वारेन्टाइनमा राखिएको हो। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]