• वैशाख २४, २०७७
  • जुनकिरी खबर

प्रदेश १ मा ८ हजारभन्दा बढीको नमुना परीक्षण

alt

प्रदेश १ का विभिन्‍न जिल्लामा बुधबारसम्म ८ हजार २ सय ९१ जनाको स्वाब नमुना परीक्षण सकिएको छ ।

कोरोना संक्रमण भए/नभएको थाहा पाउन गरिएको परीक्षण द्रूत परीक्षण विधि (आरडीटी) बाट बढी संख्यामा गरिएको छ ।

आरडीटीबाट ६ हजार ५ सय ५९ जनाको परीक्षण गरिएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयस्थित कोरोना सूचना डेस्कले जनाएको छ । यसैगरी ल्याबमा गरिने परीक्षण पीसीआर विधिबाट १ हजार ७ सय ३२ जनाको नमुना परीक्षण गरिएको छ ।

केही दिन प्रयोगशालामा आवश्यक उपकरण र अरु वस्तु अभाव भएकाले परीक्षणमा ढिलाइ भएको थियो । संघीय सरकारले आवश्यक सामग्री पठाएपछि नियमित परीक्षण भइरहेको जनाइएको छ ।

पीसीआर परीक्षण गरिएकामध्ये १ हजार ६ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । केहीको रिपोर्ट आउन बाँकी छ । प्रदेश १ मा हालसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये सुरुमा संक्रमण देखिएका ६ जना भारतीय नागरिकमा पछिल्लो पटक गरिएको परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]